Techie IT
Mission Khabar

निर्मलाका बुबा यज्ञराज पन्तलाई काठमाडौं ल्याइयो, टिचिङ अस्पतालमा भर्ना (फोटो डायरी)


काठमाडौं–बलात्कारपछि हत्या गरिएकी निर्मलाका बुवा यज्ञराज पन्तलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । असामान्य व्यवहार देखाएका उनलाई उपचारका लागि निजी गाडी मार्फत काठमाडौंको त्रिबि शिक्षण अस्पताल महाराजगंज ल्याइएको हो ।

विमानमार्फत काठमाडौं आउन नमानेपछि उनलाई सेति अञ्चल अस्पतालमा बेहोस बनाउने औषधी दिएर काठमाडौं ल्याइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । पन्तलाई ल्याएर चिकित्सक र केही सुरक्षाकर्मी पनि साथमै आएका थिए ।

छोरीको न्यायका लागि १५ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका उनले मानसिक अवस्था बिग्रिएका कारण असामान्य ब्यवहार देखाउदै आएका थिए ।

लामो समयसम्म छोरीलाई बलात्कार गरि हत्या गर्ने अभियुक्त पक्राउ नगरिएपछि उनी मानसिक रुपमा कमजोर बन्दै आएका थिए ।

 

 

 

 

 

 

उनले सरकार, मन्त्री र सत्तारुढ दलका नेतालाई अस्वभाविक गाली गर्ने र जथाभावी हिड्ने जस्ता गतिबिधि केही दिनदेखी जारी राखेका थिए ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्