८ बर्ष अघिको राष्ट्रिय परिचय पत्र वितरण योजना, पाँच बर्षमा पुग्ला त सबैको हातमा ?

काठमाडौं–राष्ट्रिय परिचय पत्र वितरण गर्ने चर्चा चलेको ८ बर्ष बढी भयो । आर्थिक वर्ष ०६६\०६७ को नीति तथा कार्यक्रम मार्फत अघि सारिएको राष्ट्रिय परिचय पत्रको योजनाले बल्ल गति लिएको छ ।
हरेक नेपालीको व्यक्तिगत घटनाक्रम देखी रोजगारी लगायतका अभिलेख राख्न भन्दै राष्ट्रिय परिचय पत्र छपाई सुरु गरिएको छ । जैविक तथा बैयक्तिक अभिलेख राखेर सरकारी सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उद्देश्य राखिएको परिचय पत्र छपाईको सबै काम सकेर पाँच बर्षभित्र सबै नागरिकको हातमा पुर्याउने सरकारी लक्ष्य छ । एसियालीविकास बैंकको आर्थिक सहयोगमा अघि बढाइएको योजना यति लामो समयसम्म किन अघि बढेन ? यो प्रश्न अझसम्म अनुत्तरित छ ।
कहिले नीतिगत समस्या त कहिले सरकारी ढिलासुस्ती यसैलाई ढिलाइको कारण मानिरहेका छन्, कतिपय जानकारहरु । राष्ट्रिय परिचयपत्र व्यावस्थापन केन्दका कार्यकारी निर्देशक दिपक काफ्ले पाँच बर्षभित्रमा बिलम्ब नगरी सबैको हातमा परिचयपत्र पुर्याउने दाबी गर्छन् ।
प्रतिघण्टा ५ सयका दरले परिचयपत्र छाँपिने बताइएको छ । सरकारी कामकाज सहज र अपराध नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा गरिएको परिचय पत्र छपाईका लागि एडीबीले करिब ५५ करोड अनुदान दिँनेछ । यसबाट १ लाख १७ हजार परिचय पत्र छाप्ने र बाँकी सरकारले छाप्ने लक्ष्य छ ।
सिंहदरबारमा कार्यरत निजामती कर्मचारी र पाँचथर जिल्लाबाट बितरण सुरु गरिएको बायोमेट्रिक विवरणसहितकोे परिचयपत्र मार्फत सरकारले नागरिकलाई उपलब्ध गराएका सेवा सुविधा पाए–नपाएको तथा नागरिकले राज्यलाई कर तिरे–नतिरेको जस्ता विवरण जान्न सजिलो हुँने बताइएको छ । परिचय पत्र पहिलो चरणमा १५ जिल्ला, दोश्रो चरणमा २५ र तेश्रो चरणमा बाँकी ३६ जिल्लामा वितरण गरिने योजना रहेपनि कहिलेसम्म कहिलेसम्म सबैको हातमा पुग्छ अझै यसै भन्ने अवस्था छैन ।
विद्युतीय र स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय परिचय पत्रले अहिले प्रचलनमा रहेको नागरिकतालाई प्रतिस्थापन नगर्ने बताइएको छ । एउटा सरकारी परिचय पत्र जारी भैरहेको अवस्थामा राष्ट्रिय परिचय पत्रको आवश्यकता र औचित्य किन ? सरकारले यसलाई पुस्ट्याई गर्नुपर्छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्