पूर्व प्रहरी हवल्दारको दयनिय दिनचर्या, परिवारको बेवास्ता टाई साइकलको साहारा
काठमाडौं–काभ्रे भुम्लु गाउँपालिका–दुई का ६२ बर्षीया क्षेत्रबहादुर भण्डारी १५ बर्षदेखी शारिरिक अपांगताको जीवन बाँचीरहेका छन् । उनी पूर्व प्रहरी हवल्दार हुन् ।
२०३७ सालमा प्रहरी सेवामा प्रवेश गरेका भण्डारीले २०४९ सालमा पेन्सन नहुँदै सेवा छाडेका थिए । सेवा छाडेको करिब ८ बर्षसम्म माईक्रो, बस, ट्रक लगायतका सवारी साधन चलाएर गुजारा चलाए भण्डारीले । मधुमेहबाट थलिएर २०६० सालमा दाहिने खुट्टा गुमाएका भण्डारीमाथी लगातार समस्या आइपर्यो । ०६५ सालमा देब्रे खुट्टा पनि गुमाएपछि भण्डारी आफन्तकै लागी बोझ बने । उनलाई साहारा दिइरहेका छोरा बुहारी थाहै नदिई कोठा छाडेर भागे । यसपछि उनलाई साहारा दिने कोही पनि भएन् ।
परिवारबाट तिरस्कृत भएका उनको घरमा श्रीमती, दुई छोरा बुहारी र छोरी भएपनि विगत १२ बर्षदेखी ह्वीलचेयर र टाई साईकल मात्रै उनको सहारा बनिरहेको छ । गर्मि होस वा जाडो नै किन नहोस उनी बासस्थान अभावमा टेकुस्थित अम्बे कम्प्लेक्सको भर्याङमुनी बस्दै आएका छ । भालेको डाकसंगै सुरु हुन्छ उनको जीवन लिला । टाइ साईकलको माध्यमबाट अपराह्न चार पाँच बजेसम्म पत्रिका बेच्ने उनी सुन्धारा, रत्नपार्क, भृकुटीमण्डप, पुतलीसडक र भद्रकाली मन्दिर छेउछाउसम्म पत्रपत्रिका, चुरोट, गुट्खा र पानी बेच्न पुग्छन् ।
घरपरिवारको साथ पाउने आशा मारिसकेका पूर्वप्रहरी हवल्दार भण्डारी सरकारसँग भने राहत र साहाराको झिनो आशा गरिरहेका छन् । प्रहरीको १२ बर्षे सेवाको मुल्यांकन नभएको बताउने उनै पूर्व हवल्दार भण्डारी सकसपूर्ण जीवन बाँचेर भएपनि आफ्नो विगत र पेशाको सम्मान गरिरहेका छन् ।
क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्