सुन्तला उत्पादन घट्यो, असोजको असिनापानीले हजारौँ किसानलाई मार

स्याङजा– जिल्लाका किसान सुन्तलामा विभिन्न समस्या देखापरेपछि निरास भएका छन् । फुलबाट फल लागेको केही समयमै परेको असिना पानीले सुन्तलामा विभिन्न समस्या देखिएपछि किसान मारमा परेका हुन् ।
पुतलीबजार नगरपालिकाको विभिन्न भेगमा लगाइएका सुन्तला असिना पानीको असर स्वरुप रुखमा र भुईमा बराबर जस्तो छन् । बोटमै सुन्तला पहेंलो हुने र झर्ने गरेका छन् भने स्वादमा समेत परिवर्तन नआउदा किसान चिन्तित छन् । असिनापानी पछि नै नगरपालिका र कृषी ज्ञान केन्द्रले विवरण संकलन गरेर क्षतिपूर्ती उपलब्ध गराउने आश्वसन दिएपनि अहिलेसम्म केही नपाएको किसानको गुनासो छ ।
स्याङजामा उत्पादित सुन्तला विशेष गरी पोखरा, बुटवल, नारायणगढ र काठमाडौं निकासी हुँने गर्दछ । उत्पादित सुन्तला कार्तिकमा प्रतिकेजी ४०, मंसिरमा ६०, पुष महिनामा ७५ रुपैयाँ र माघ\फागुनमा प्रतिकेजी ११० रुपैयाँसम्ममा बिक्री हुने गरेपनि रोगका कारण उत्पादन प्रभावित भएपछि किसान थप समस्यामा परेका छन् ।
जिल्लाको २ हजार हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जहाँ ११ हजार ७ सय ५६ घरपरिवारको संलग्नता छ । अझ, २ हजार ९ सय ५८ घरपरिवार त सुन्तलाको व्यवसायीक खेति नै गरिरहेका छन् । अनिसापानीले यी अधिकांश किसानमा निराशा पैदा गरिदिएको छ ।
जिल्लाका ५ नगरपालिका र ६ गाउँपालिका मध्ये ३ नगरपालिका र २ गाउँपालिकाको अधिकांश भागमा सुन्तला उत्पादन हुदै आएको छ । पुतलीबजार नगरपालिका अधिकांश वडा, वालिङ, भिरकोट नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, विरुवा गाउँपालिका सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन् । भौगोलिक बनावट र वातावरणले पनि यहाँ उत्पादीत सुन्तला स्वादिला हुने गरेपनि यो पटकको असिनापनीले उत्पादन घटाएको मात्रै छैन । किसानको मेहनत नै खेरजाने अवस्था देखिएको छ ।
स्याङजा मात्रै होइन यो बर्ष देशकै सुन्तला उत्पादनमा कमी आएको कृषी मन्त्रालयले आँकलन गरेको छ । उत्पादन घट्नुको सबै ठाउँको कारण भने अहिले नै पहिचान गरिएको छैन । यसले सुन्तलामार्थीको परनिर्भरता थप बढाउने देखिन्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्