Techie IT
Mission Khabar

कतै धान भित्र्याउने चटारो, पाल्पामा न्वागी खाएर नयाँ चामलको प्रयोग सुरु


अनु खनाल । पाल्पा– दशैतिहारसँगै सुरु भएको नयाँ धान भित्र्याउने क्रम देशका कतिपय स्थानमा अझै सकिएको छैन । तराई तथा केही पहाडी क्षेत्रमा धान काट्ने र घरमा भित्र्याउने काम भैरहदा पाल्पामा भने नयाँ चामलको न्वागी खाने मेला सम्पन्न भएको छ ।

घर घरमा दहि चामल खाएर नयाँ चामलको भात तथा परिकार बनाउन र खान सुरु गरिएपनि रैनादेबी छ्हरा गाउँ पालिका वडा न ३ स्थित भुवनपोखरीमा भने भब्य न्वागी मेला नै आयोजना भयो । पश्चिम पाल्पाको सुदुर गाउमा रहेको मन्दिरको भएको न्वागी मेलामा पुगेर प्रदेश न ५ का आन्तरिक मामिल तथा कानुन मन्त्री कुल प्रसाद केसीले समेत दहि चामल खाए ।

बिशेषगरी नयाँ धानबाट चामल तयार गरेपछि, भात खानुपूर्व खाईने दहि चामललाई न्वागी भन्ने गरिन्छ । न्वागी खाएपछि नयाँ चामलको प्रयोग गर्नुपर्छ भन्ने परम्पराले पाल्पा सहित देशका धेरैजसो स्थानमा निरन्तरता पाइरहेको छ ।

सांंस्कृतिक कार्यक्रमको रमाइलो माहौँकाबिच भएको न्वागी मेलामा प्रदेश सभासद डा पुरनमान बज्राचार्य, पूर्व सभासद बिनोद पहाडी, प्रमुख जिल्ला अधिकारी, रा ज मो पाल्पाका अध्यक्ष विशाल दर्लामी, गाउपालिका अध्यक्ष राम ब कार्की, जिल्ला समन्बय उप पप्रमुख मिरा मरासिनी लगायत सहभागी भए ।

पाल्पामा हरेक बर्ष न्वागी मेलाको आयोजना गरेर रम्ने र नयाँ चामलको खानपान सुरु गर्ने मेलाले निरन्तरता पाउदै आएको छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्