Techie IT
Mission Khabar

भेरी अञ्चल अस्पतालमा चिकित्सक अभाव : सरकारी डाक्टर नीजिमा ब्यस्त, सरकार गफमै मस्त


लहान\बाँके – सरकारी चिकित्सकहरुको व्यवस्थापनमा सरकारी बेवास्ता बढिरहदा कतै चिकित्सक नै चिकित्सक कतै बिरामीले घण्टौँ पालो कुनुपर्ने अवस्था छ । यो भर्खरैको समस्या पनि होइन्, तर सरकार समाधान केन्द्रित कहिल्यै बन्दैन ।

नियम त सरकारी चिकित्सकहरु नीजिमा काम गर्न पाउँदैनन् । तर यहाँ सबैभन्दा बढी तलब लिएर नीजि अस्पताल धाउने डाक्टरमा अधिकांश सरकारी जागिरे नै छन् । यथार्थ सरकारलाई थाहा नभएको होइन् । बरु आफैले बनाएर लागू गरेको बिधि बिधान कार्यान्वयनमा सरकार आफै गैर्हजिम्मेवार बनिरहेको छ । यसैको एउटा उदाहरण बनेको छ, बाँकेस्थित भेरी अञ्चल अस्पताल ।

नेपालगञ्जको यो अञ्चल अस्पतालमा ५६ जनाको दरबन्दी छ । तर चिकित्सक मात्रै २९ जना छन् । सरकारले दरबन्दी मिलान गरेर आफैले जारी गरेको निर्देशिका र नियम कार्यान्वन नगर्दा यसको मारमा परेका छन्, विरामीहरु । अहिले एक जना डाक्टरले १५ जना विरामी हेर्नुपर्ने बाध्यता छ, यहाँ । अस्पतालमा ४३ जना नर्सको दरबन्दी रहेकोमा ३६ जना नियमित सेवामा छन् । केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा रहेको बताइएको छ । अस्पताल प्रशासनले दरबन्दीअनुसारका चिकित्सक माग गरे पनि प्रदेश, केन्द्र सरकारसँगै अस्पताल विकास समिति पनि उदासिन रहेको चिकित्सकहरु बताउछन् ।

यो एउटा अस्पताल मात्रै होइन् । सरकार देशका केही अस्पतालको क्षमता अभिबृद्धी भन्दै पूर्वाधार विकास गरिरहेको छ । केही अस्पताल आफै कुरुप बन्ने अवस्थामा पुगेका छन् । अनि भएका पुर्वाधार अनुसार जनशक्ति व्यवस्थापन गर्न पनि सकिरहेको छैन । तराईका राजविराज जनकपुर लगायतका थुप्रै अस्पतालमा चिकित्सक समस्या यथावत छ ।

चिकित्सक कानुनको अवमूल्यन गर्दै सरकारी रासन पानी खाएर नीजि अस्पताल र क्लिनिक धाइरहने अनि सरकार आफ्नो जनशक्ति व्यवस्थापन गर्न नसकेर विरामीलाई सधै समस्यामा पारिरहने । यस्तो अवस्था यथावत रहँदासम्म सबैको पँहुचमा सहज र सर्वसुलव स्वाथ्य उपचारको चाहाना नेता र मन्त्रीको फगत गफ मात्रै हुनेछ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्