Techie IT
Mission Khabar

डा. सिके राउतको रिहाई माग गर्दै परेको रिट खारेज, राज्य बिरुद्धको कसुर किनारा नलाग्दासम्म हिरासतमै रहने


काठमाडौं– मधेस अलग्याउने विभिन्न गतिविधिमा संलग्न डा.सिके राउतलाई बन्दीप्रत्यक्षीकरण मार्फत छाड्न सर्बोच्च अदालतले अस्विकार गरेको छ । राउतको मुद्दामा सोमवार बसेको न्यायाधीश दीपकराज जोशी र वम कुमार श्रेष्ठको सातौँ पेसीको इजलाशले राउतको गिरफ्तारीविरुद्ध परेको रिट खारेज गरेको हो ।

राउतको गिरफ्तारी गैरकानूनी भएको भन्दै उनका दाजु जयकान्तले कात्तिक ११ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएका थिए । रिटको सुनुवाई गर्दै यसअघि न्यायाधीश मिरा खड्काले १३ कात्तिकमा राउतलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेकी थिइन् । त्यसयता ६ वटा पेसी तोकिएपनि फैशला भएको थिएन् ।

हिरासत मुक्त गर्न माग गर्दै दायर गरिएको रिट खारेज भएसँगै राउत अझै केही समय हिरासतमै रहनेभएका छन् । उनीमाथी राज्यबिरुद्ध कसुर गरेको मुद्धामा अनुसन्धान भैरहेको छ । मुद्धाको अन्तिम किनारा नलाग्दासम्म राउत हिरासतमै रहनेछन् ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्