Techie IT
Mission Khabar

१५ दिनमा ५६ करोड नाफा गर्नेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइयो, निगम भन्छ– निरन्तरको नोक्सानको पनि समायोजन


काठमाडौं –१५ दिनका लागि साढे ५६ करोड नाफा सुरक्षित गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँले घटाएको निगमने ग्याँसको मुल्य भने समायोजन गरेको छैन ।

सोमबार रातिदेखि लागू भएको नयाँ मुल्य अनुसार पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कारोबार हुनेछ । यसरी दुई रुपैयाँको मुल्य समायोजन गरेको निगमले दैनिक ५० करोड बराबरको पेट्रोलियम पदार्थ बिक्रि गर्दै आएको छ । यहि अनुपातमा बिक्रि हुँदा अबको १५ दिनमै निगमको खातामा ५६ करोड ५८ लाख नाफा जाने देखिन्छ ।

दिनमै करिब ४ करोड नाफा रहनेगरी समायोजन गरिएको मुल्यमा निगम प्रवक्ता वीरेन्द्र गोइत भन्छन्–चालू आर्थिक वर्षको सुरुवाती समयमा ब्यहोरेको नोक्सानी पनि समायोजन हो । हवाई इन्धनको मुल्यपनि यथावत राखिएको छ । खाना पकाउने ग्यासमा भने जिगमले घाटा ब्यहोर्दै आएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्