बेपत्ता भन्दै उजूरी गरिएका १९ जना जीवितै भेटिए, किन बेबकुफ बनाइदैछ आयोगलाई ?

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन गरिरहेको बेपत्ता छानविन आयोगले उजूरी गरिएकामा १९ जनालाई जीवितै भेट्टाएको छ ।
आयोगको छानविनका क्रममा कञ्चनपुरका कृष्णप्रसाद दुलाल, देवेन्द्रसिंह कुँवर र धनबहादुर दाहाल, नुवाकोटका लक्ष्मण भट्ट र सन्तकुमारी तामाङ, बर्दियाका धनबहादुर खड्का र अशोक शर्मा जीवित भेटिएका हुन् । यस्तै, महोत्तरीका गङ्गा मण्डल, चिवतनका गङ्गाधर तिम्सिना, ओखलढुङ्गाका गोपी भट्टराई, इलामका कुमार विक, झापाका सोमनाथ खनाल र धनुषाका हरिदेव कुसियतलाई पनि आयोगको टोलीले जीवित भेटेको छ ।
यता, डडेल्धुराका कालुसिंह ठगुन्ना, ललितपुरका राजकुमार राना मगर, नवलपरासीका केशव उपाध्याय पौडेल, सल्यानका पहालमान बस्नेत र धनबहादुर दमाईं तथा कैलालीका हेमराज जोशीका नाममा परेको वेपत्ताको उजूरी पनि उनीहरु जीवित भेटिएसँगै झठ ठहर भएको छ । करीब दुई महीना समय बाँकी छदासम्म आयोगले ५६ जिल्लाको विस्तृत अध्ययन पुरा गरेको छ । बाँकी जिल्लाको अध्ययन पनि आयोगको पदावदी छदै पुरागर्नेगरी काम भैरहेको दाबी आयोगले गरेपनि यस्ता गलत उजूरीले आयोगलाई समस्यामा परेको छ ।
कस्ले अनि कुन प्रयोजनका लागि यति ठूलो झुठ दर्ता गर्यो ? यसबारे छानविन गरिनुपर्छ । पीडितलाई न्याय दिने अभियानमा अबरोध गर्नेलाई यतिकै छाडिनु अर्को अन्याय हुनेछ ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्