Techie IT
Mission Khabar

राज्यले बेवास्ता गरेका ८ चेली, पाँचदिनअघि भारतको आश्रयस्थलबाट बेपत्ता, अवस्था अझै अज्ञात


काठमाडौ\नयाँदिल्लीं—स्वदेशमा चेलिहरु असुरक्षित हुनु परिरहेको तितो यथार्थता हामीमाझ छिपेको छैन । देशमा दण्डहिनता बढिरहँदा सरकार जतातै सरकार छाउने दाबी गरिरहेको छ, कत्तिपनि अपसोच नमानि । तर स्वदेशमा मात्रै होइन, विदेशमै पनि नेपाली चेलीहरुको पीडा दुखदायी छ ।

आफ्ना चेलीहरु बेचर खाँडी र कोठीमा पुर्याउनेहरुको कत्तिपनि कमि भएको छैन यहाँ । बरु स्वरुप र शैली फेरिएको हुनसक्छ । सीमा क्षेत्र र भारतबाट बेलाबखतमा उद्धार गरिएका नेपाली चेलीको अवस्थाले यहि संकेत गर्छ । अझ, नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होमबाटै शनिबार मध्यरातिदेखि ८ जना नेपाली चेली हराए । उनीहरुको अवस्था अझै अवस्था अज्ञात छ । स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका यी महिलाहरु यसअघि द्धाराकास्थित अर्को आश्रममा बस्दै आएका थिए । जहाँ ८० बालबालिका र महिला मात्रै ८० जनाले आश्रम लिदैआएका थिए । गत वैशाखदेखि संस्कार आश्रय सेन्टर सरेका नेपाली महिला हराएको बारे राज्यलाई चिन्ता हुने अनि केही पहल हुने कुरै भएन् । देशको पछिल्लो अवस्था आफैले यो आशा मर्ने देखाएको छ । तर दिल्लीस्थित नेपाली दुतावासले पनि ८ जना आफ्ना चेली हराएको बिषयमा चासो नलिनुलाई बिडम्बना मान्नुपर्छ ।

चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहितको अग्लो पर्खाल भएको स्थानबाट ८ जना महिला वेपत्ता हुनु आफैमा रहस्यमय छ । यसलाई राज्यले आफ्नो कुटनीतिक मुद्धा बनाएर पहल गर्न कत्तिपनि बिलम्ब गर्नुहुदैन ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्