Techie IT
Mission Khabar

निर्मला हत्या प्रकरण : समूहिक बलात्कारको उपज की शक्ति र पँहुचबाट लुकाउन खोजिएको रहस्य


काठमाडौं–हाईप्रोफाइल संलग्नता र संरक्षणको चर्चा चलिरहदा बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै अनुसन्धान यतातर्फ मोडिएको छ ।

प्रहरीले सामूहिक बलात्कारको आशंका गरिरहँदा केही व्यक्तिहरु गल्ती आफूहरुले गर्दा प्रहरीबाट अरु धेरैले अनावश्यक दुःख पाएको भन्दै आपसमा कुरा गरिरहेको सूचनाका आधारमा पछिल्लो समय चार जनालाई नियन्त्रणमा लिएर उनीहरुमाथी अनुसन्धान गरिरहेको छ । निर्मलाकै छिमेकी प्रदिप पन्त काठमाडौंबाट र अन्य तीन जना महेन्द्रनगरबाट पक्राउ गरिएका हुन् । स्थानीयको सूचना, प्राप्त विभिन्न प्रमाणका आधारमा संकास्पद चार जनाको स्केच तयार पार्न महानगरीय अपराध महाशाखाबाट यसका ज्ञाता प्रहरीलाई कञ्चनपुर नै लगिएको थियो । अहिले पक्राउ परेका चारैजना केही समयअघिसम्म भारतमा रहेको बताइएको छ ।

यति लामो समयसम्म रहश्य नखुलेको निर्मला बलात्कारपछिको हत्या घटनाको अनुसन्धानले कहिले पुर्णता पाउला ? अहिले नै यसै भन्ने अवश्था छैन । तर यो क्रुर अपराधमा संलग्नहरुको पहिचान गर्न र कानुनी कारबाहीको दायरामा ल्याउन राज्यले कत्तिपछि बिलम्ब गर्नुहुन्छ । बढ्दो दण्डहिनताको आक्रोश सरकारकै लागि चुनौती नबनोस् ।

यो अपराधमा ब्यारेकका हुन वा सीमा पारका अनि धेरैले आरोप लगाएका हाईप्रोफाईल कनेक्सनका नै किन नहुन्, जो कोही भएपनि सार्वजनिक हुनुपर्छ । यसैमा झल्किनेछ, ओली सरकारको स्वाभिमान, राष्ट्रबाद अनि जनजनका लागि मनमनमा बस्ने एउटा ठाउँ बन्नेछ ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्