चलाख प्रधानन्यायाधिश : भ्रष्टाचार बिरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता, सधै अरुको पेशीमा भ्रष्टाचार र अकुतको मुद्धा

काठमाडौं–सरकार शुसासनको कुरा गरिरहेको छ । अनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिसहित न्यायालयले पनि काम गरिरहेको दाबी गर्छ । तर यस्तै प्रतिबद्धता गरेर सर्बोच्चको नेतृत्वमा पुगेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने आफ्नो कार्यकालको चार महिनामा आफ्नो इजलासबाट भ्रष्टाचारका कुनै पनि मुद्दामाथी फैसला नगरेको पाइएको छ ।
न्याय क्षेत्रका जानकारहरु भ्रष्टाचार र ठूला अनियमिततामा शक्ति र पँहुचवाला नै बढी संलग्न हुने भएकाले उनीहरुलाई नचिड्याउन यस्तो गरिएको बताउँछन् । घटना क्रमले पनि यस्तै देखाइदियो । कार्यकाल सकिन केहीसाता मात्रै बाँकी रहेका मिश्रले अदालतमा चलिरहेका मुद्दामध्ये धेरैजसो अन्य इजलासकै जिम्ममा दिए । एकदुईपटक सामान्य प्रक्रियाका लागि चढेका मुद्दा आफूले हेरे पनि फैसला गरेनन उनले ।
कतिपयलाई लाग्नसक्छ यो बीचमा यस्ता मुद्धाको उजूरी नै परेन कि भन्ने, अनि यस्ता मुद्धाको पेशी नै परेन भन्ने पनि । तर सर्वोच्च अदालतमा सात सय हाराहारीमा घुस, भ्रष्टाचार, नक्कली प्रमाणपत्र तथा गैरकानुनी रुपमा बैंकबाट लाभ लिई भ्रष्टाचार गरेका एवं अकुत सम्पत्ति आर्जन गरेका मुद्दा विचाराधीन छन् । कतिपय मुद्धा त निक्कै अघिदेखी अड्कीएका छन् । तर यस्ता उच्च तहको साँठगाँठ हुनसक्ने मुद्धा प्रक्रियामा लगिनुको साटो बिलम्ब बढिरहेको छ ।
ढिला न्याय अन्याय जस्तै हो भन्ने बुझाई र सिकाईबाट न्यायालयको उच्च ओहदामा पुगेका श्रीमानहरुले यसको कार्यान्वयनमा ध्यान दिने हो की ?
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्