Techie IT
Mission Khabar

एनसेलमाथी एक्सन लिन नसक्ने सरकार, लेखाले भन्यो–जसरी भएपनि लाभकर उठाउनु


काठमाडौं– दुई तिहाई समर्थन रहेको वर्तमान सरकारले चाहेमा राष्ट्रिय हितका जेजस्ता कार्यक्रम पनि अघि बढाउन सक्छ । अनि अनियमितामाथी दरिलो नियमन र काबाही गर्नसक्छ ।

तर बिडम्बना पटक–पटक संसदिय समितिले यस्तो भएन, यस्तो गर्नुभन्दै सरकारलाई सुझाब र निर्देशन दिनुपर्ने अवस्था छ । लेखा समितिले एक पटक मात्रै होइन, नीजि क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल बारे विभिन्न निर्देशन दिदा पनि सरकार मौनता साँधिरहेको छ, किन ? फेरी यो समितिले एनसेलसँग लाभकर जसरी भएपनि उठाउन सरकारसँग आग्रह गरेको छ ।

स्विडेनको टेलिया सोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जियटा कम्पनीलाई बेचेको थियो । यो किनबेचमा नेपालले पूँजीगत लाभकर उठाउन सकिरहेको छैन । यसबार सरकार गम्भिर देखिदैन ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्