Techie IT
Mission Khabar

नेकपाको वैधानिकताविरुद्ध सर्वोच्चमा रिट, कानुन विपरितको कदम रोक्न माग


काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम बिवाद सर्बोच्च अदालतसम्म पुगेको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफुले नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नाममा पहिले नै दर्ता गरेपनि शक्ति र पँहुचका आधारमा उही दल दर्ता भएको भन्दै बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।

रिटमा पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख गर्दै अर्को पार्टीको दल दर्ता कानून विपरीत भएको दाबी गरिएइको छ । आयोगले गत असोज ९ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई वैधानिकता दिएपछि बिवाद झनै चुलिएको थियो ।

नेकपा बैधानिकताका लागि परेको रिट उपर मङ्सिर २४ गते पेशी तोकिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्