Techie IT
Mission Khabar

काठमाडौं–३ का सांसद राईले मतदातासँग भलाकुसारी गर्दै मनाए संघीय संसद निर्वाचनको बर्षगाँठ, प्रतिवद्धता पुरा गर्ने


काठमाडौं–संघीय लोकतन्त्रिक गणतन्त्रात्मक नेपालको पहिलो संघीय संसद निर्वाचन भएको एक बर्ष पुरा भएको छ । सरकारले औपचारिक रुपमा बिशेष कार्यक्रम नगरेपनि काठमाडौं सहित देशका विभिन्न निर्वाचन क्षेत्रमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेर निर्वाचनपछिको उपलब्धि बारे समिक्षा गरिएको छ ।

काठमाडौंका मतदातासँग पनि केही सांसदले एक बर्षको समिक्षा गरेका छन् । काठमाण्डौं जिल्ला निर्बाचन क्षेत्र नं ३ का संसद कृष्ण राई शुभकामना आदानप्रदान तथा चियापान समारोह गर्ने पहिलो व्यक्ति बनेका छन् । आफ्नै पहलमा चियापान तथा शुभकामना कार्यक्रम गरेका राईले जनताको चाहना र भावना अनुसार सरकार अघि बढेको भन्दै केही समयमा नतिजा देखिने दाबी गरेका छन् । उनले मतदाताको बीचमा छलफल गरेर नै आफूले विकास निर्माण र सुधारका काम गरिरहेको र पछिपनि मतदाताको अभिमतको सम्मान गर्ने बताएका छन् । शुभकामना आदानप्रदान तथा चियापान समारोहमा राष्ट्रिय सभाका सांसद बलराम बाँस्कोटा, प्रतिनिधि सभा सदस्य सरिता न्यौपाने, प्रदेश सभाका साँसद रामेश्वर फुयाल, छिरिड दोर्जे लामा, प्रदेश कमिटीका अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेल, हिमाल शर्मा, कृष्ण केसी लगायतका नेताको उपस्थिति रह्यो ।

कार्यक्रममा गोकर्णेश्वरका प्रमुख सन्तोष चालिसे, उपप्रमुखशान्ति नेपाल, वडा अध्यक्षहरु श्री कुमार श्रेष्ठ, केशव गुरुङ, नारायण सुबेदी लगायत स्थानीय जनप्रतिनिधिकाहरु सहभागि भएका थिए । साँस्कृतिक कार्यक्रम सहित निर्वाचनको बर्षगाँठ मनाएर मतदातालाई मनोरञ्जन समेत दिइएको थियो ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्