Techie IT
Mission Khabar

आधा पनि उत्तीर्ण नहुने चिकित्सा दर्ता प्रमाणपत्र परीक्षा, मेडिकल काउन्सिलको परिक्षा प्रणाली दोषी कि डाक्टरीको योग्यता ?


काठमाडौं–नेपाल मेडिकल काउन्सिलले लिएको पछिल्लो चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका १ हजार ३ सय ११ मध्ये ५ सय ९८ र बिडिएसतर्फ सहभागी भएका १ सय ८६ मध्ये ६९ जना मात्र उत्तीर्ण भएका हुन् ।

पछिल्लो लाइसेन्स परिक्षा मात्रै होइन्, यसअघिको नतिजा पनि यस्तै आउने गरेको छ । विश्वविद्यालयबाट एमबिबिएस र बिडिएस तहको अध्ययन पूरा गरेपछि चिकित्सा दर्ता प्रमाणपत्र लिन अनिवार्य रुपमा काउन्सिलले लिने परीक्षा उत्तीर्ण हुनुपर्छ । तर यो परिक्षा एकेडेमिक योग्यता पुरा गरेकाहरुका लागि अवशर होइन्, चुनौती बनिरहेको छ । यसले कि त हाम्रो सिकाई प्रणालीलाई गलत ठहर्याइरहेको छ, कि त काउन्सिलको परिक्षा प्रणाली गलत छ । निरन्तर उस्तै समस्या दोहोरिने अवस्थाको अन्त्य गर्न सरकारले चासो देखाउनुपर्छ ।

शिकाई त प्रभावकारी बन्नुपर्छ नै शिकाई पछिको उपलब्धि मापनको प्रक्रिया पनि व्यवहारिक बनाइनुपर्छ । आम चिकित्सा क्षेत्रका विद्यार्थी सिकाई र शिप परिक्षणका दुबै तहको सुधार खोजिरहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्