विवादमा तानिएकी राजदुत शेर्पा बयानका लागि काठमाडौंमा, आरोप लगाउने वाङ्छुमाथी अघि बढ्यो पक्राउको प्रक्रिया

काठमाडौं– ठगि गरेको आरोपसँगै विवादमा तानिएकी अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्कि शेर्पा बयानका लागि काठमाडौं आएकी छिन् । शेर्पा शनिबार क्यानबेरास्थित दूतावासबाट परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्सीय छानबिन समितिलाई बयान दिन भन्दै काठमाडौं आएकी हुन् ।
सरकारले बोलाएपछि छानबिनमा सहयोग गर्न नेपाल आएको राजदुत शेर्पाले बताएकी छिन् । उनको राजदूत पद रहने वा नरहने भन्ने टुङ्गो आरोपमाथीको छानविन र त्यसबाट खुल्ने तथ्यका आधारमा निर्धारण हुने परराष्ट्र मन्त्रालय बताउछ । यता, राजदूत शेर्पामाथी मानव तस्करी गर्ने गरेको र आफ्नो श्रीमतीलाई फसाएको दाबी गर्दै ठगिको आरोप लगाउने पूर्वचालक वाङछु शेर्पालाई पक्राउ गर्ने प्रक्रिया पनि अघि बढाइएको छ । नेपाल प्रहरीले इन्टरपोलमार्फत राजदुत शेर्पाका पूर्वचालक वाङ्छुलाई पक्राउ गरेर थप रहश्य खोतल्ने छ ।
नेपाली राजदुतको मर्यादामा आँच पुर्याउनेगरी विधि र प्रक्रियाभन्दा बाहिर गएर अनावश्यक मिडियाबाजी गर्नुलाई कतिपयले गलत भएको बताएका छन् । आरोपलाई पुस्ट्याई गर्ने प्रमाणले हो, बयान र अनुसन्धानका बाँकी प्रक्रियाले यसबारे थप तथ्य उजागर गर्नेछन् ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्