Techie IT
Mission Khabar

गुट र जुट दुबैतर्फ स्वार्थ समूह सक्रिय हुने नेपाली राजनीति, कस्ले अघि बढाउला स्थायीत्व र विकासको गती ?


खबर टिप्पणी । काठमाडौं– नेपाली राजनीति आफै संक्रमणको चरणबाट पार हुन नसक्दा देशको उन्नतीको गति रोकिएको छ । पार्टीबीचको द्धन्द्धले त निरन्तरता पाइनै रहेको छ । आन्तरिक कलह र गुट उपगुटको रोगबाट कुनैपनि पार्टी मुक्त हुन सकेका छैनन । राजनीति गर्नेहरु नै स्वार्थ समूह बन्दैआएका छन् ।

यसको पछिल्लो उदाहरण हो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शनिवार सार्वजनिक भएको विवाद । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ समयमा बैठक प्रारम्भ नभएको भन्दै बैठकस्थल धुम्राही छाडेर बाहिरिए । शीर्ष चार नेताले नै बैठक बहिष्कार गरेपछि नेकपा भित्रको विवाद थप छताछुल्ल भएको छ । हुन त, अध्यक्ष द्धयको ढालाईलाई बहिस्कारको अस्त्र बनाइएको छ ।

कुरेर बस्नुपर्दा आफूहरु अपमानित भएको महसुस गरेको नेताहरुले दाबी गरेपनि प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनको असन्तुष्टीलाई मुख्य कारण मान्न सकिन्छ । उनीहरु अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै असन्तुष्टि पोखिरहेका छन् । यता, महासचिव पौडेल नै अध्यक्षद्वय परामर्शमा रहँदा केही मिनेट मात्रै सचिवालयको बैठक ढिलो भएको दाबी गर्छन । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । यसले पार्टी भित्रको कलह मात्रै देखाएको छैन । देशको भविश्यमाथी समेत प्रश्न उब्जाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकले पार्टी कार्यालय धूम्रराहीमा मङ्सिर २९ गते १ बजे स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ । सचिवालयले गरेका पछिल्ला निर्णय, पार्टी र सरकारको काम कारवाहीको समीक्षाका लागि बैठक बोलाइएपनि असन्तुष्टीहरु बढिरहेका छन् । सम्मानजनक बहुमत, दुई तिहाइको साथ तर आन्तरिक कलह र किचलोको प्रभाव सरकारसम्मै पुगेको देखिन्छ । राजनीतिक किचलोको कचिंगलबाट देशलाई उभो लगाउनेमा कुनैपनि नेताको ध्यान केन्द्रित छैन ।

यता, मधेशको शक्ति दाबी गर्ने राजपाको राजनीतिक किचलो र द्धन्द्ध झनै जटिल बन्दैछ । आन्तरिक विवादले बैठक बस्न सकिरहेको छैन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विवाद त एक बर्षअघिको संघीय निर्वाचनपछि छरपस्ट नै भएको छ । गुटैगुटको चौतारी बनेको कांग्रेस महाधिबेशनबाट सुद्धिकरण हुने तयारीमा भएपनि असन्तुष्टी र गुटगत समूहका स्वार्थ बाझिदा समस्याग्रस्त छ ।

गुट र जुट स्वार्थ समूहबाट कसरी देश र जनताले भलाईको अपेक्षा गर्ने ? राजनीति भित्रको चरम अविश्वासले जनताको विश्वास र अपेक्षालाई कहिलेसम्म निरासातर्फ धकेल्ने ? प्रश्न नेताहरुलाई नै ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्