Techie IT
Mission Khabar

संसदीय सुनुवाइबाट चारै जना प्रस्तावित राजदूत अनुमोदन, राष्ट्रपतिको हातमा पुग्यो अन्तिम निर्णय


काठमाडौं– संसदीय सुनुवाइ बिशेष समितिले चारै जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णका अनुसार भारतका लागि प्रतावित राजदुत निलाम्बर आचार्य, मलेशियाका लागि प्रस्तावित उदयराज पाण्डे, यूएईका लागि प्रस्तावित कृष्ण ढकाल र इजरायलका लागि प्रस्तावित डाक्टर अञ्जान शाक्यको नाम सर्वसहमतिबाट अनुमोदन गरिएको हो ।

चारैजना प्रस्तावित राजदूतसँग समितिले आइतबार राजदूत बन्न आवश्यक योग्यता, क्षमता, अभिरुचि र राजदूत भएपछि गर्ने कामका बारेमा जानकारी लिएको थियो । द्धिदेशिय सम्बन्ध सुधारमा जोड दिएका चारै जना प्रस्तावित राजदुतले आफू कार्यरत राष्ट्रबाट नेपाललाई अधिकतम लाभ दिलाउने प्रतिबद्धता जनाएका थिए । नेपाल भारत सम्बन्ध र निकटताका कारण सबैभन्दा बढी चासोका साथ हेरिएका नेपालका लागि भारतका राजदुतमा शिफारिस निलाम्बर आचार्यले भने नेपाल–भारत खुल्ला सीमा भएपनि मन खुल्ला नभएको बताए । अन्य देशसँगको सम्बन्धमा भारत रिसाउछ भन्ने बुझाइको अन्त्य गर्दै सबै समस्या कुटनीतिक पहलबाट समाधान गर्ने विश्वास व्यक्त गरेका आचार्यले असमान सन्धि परिमार्जका लागि अघि बढेको नेपाल भारत प्रबुद्ध समूहको प्रतिवेदन भारतका लागि स्विकार्य बनाउने बताएका थिए ।

भारतका लागि प्रस्तावित राजदूत आचार्य पूर्वमन्त्रीसँगै श्रीलंकाका पूर्वराजदुत समेत हुन् । मलेसियाका लागी प्रस्तावित राजदूत पाण्डे पूर्व राजदुत हुन् भने युएइका प्रस्तावित राजदूत कृष्णप्रसाद ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव हुन् । इजरायलका लागी प्रस्तावित राजदूत डाक्टर अञ्जना शाक्य कुटनीतिक क्षेत्रकी ज्ञातासँगै सफल व्यवसायी पनि हुन् ।

संसदिय सुनुवाइ विशेष समितिबाट अनुमोदित नामलाई राष्ट्रपतिले स्विकृत गरेपछि मात्र राजदूतका लागि योग्य हुने संबैधानिक व्यवस्था छ । सरकारले कार्तिक २५ गते चारजनाको नाम राजदूतमा सिफारिस गरेको थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्