Techie IT
Mission Khabar

इटहरीको खनारमा रहेको फम उद्योगमा आगोलागी, साँढे दुई घण्टामा पनि नियन्त्रणमा आएन्



इटहरी– सुनसरी जिल्लाको खनारस्थित लक्ष्मी फम एण्ड लुपम्याट इन्डस्ट्रिज प्रालिमा आगोलागी भएको छ । बिहान करिब साढे ७ बाट सुरु भएको आगोलागी नियन्त्रणको प्रयास भैरहेको बताइएको छ ।

आगो निभाउन सात वटा दमकल प्रयोग गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । आगो नियन्त्रणको प्रयासमा सशस्त्र, नेपाल प्रहरीको टोलीसँगै अग्नि नियन्त्रक र थुप्रै स्थानीय खटिएका छन् । आगो नियन्त्रणमा नआएपछि इटहरी, बिराटनगर चोक, दुहबी, धरान लगायतका स्थानका दमकलसँग अन्य दमलक पनि बोलाइएका छन् ।

भानु अग्रवालको यो कम्पनीले डोर म्याट लगायतका सामग्री उत्पादन गर्दछ । नियन्त्रणको काम जारी रहेका कारण आगोलागीको कारण र क्षतिको विवरण खुल्न बाँकी छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्