Techie IT
Mission Khabar

अमेरिकी सपनामा नेपाली युवाको साँढे २ करोड सकियो, तस्करीका नाइके सुदर्शन गौतम सहितका अभियुक्तमाथी कहिले हुने कारबाही ?


काठमाडौं–करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर विदेशी जेलको अनुभव सँगाल्दै रित्तो हात स्वदेश फर्किएका छन् ।

दलालमार्फत भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुग्ने आश्वसन पाएका भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाइटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आइल्यान्ड सम्म पुगेपनि अमेरिका टेक्न पाएनन् । बरु टिटस आइल्यान्डमा सात महिना जेल सजाय भोगेर खाली हात नेपाल फर्किनुपरेको छ । रोल्पाका २२ वर्षीय नरेन्द्र घर्तीमगर ०७४ असोज १ गते अमेरिका पुग्ने सपना साँचेर दिल्लीबाट उडेका थिए । अमेरिका यात्रामा ४८ लाख ५० हजार सिध्याएका उनी रित्तोहात नेपाल आए । उनीसँगै गएका रोल्पाकै ३१ वर्षीय शेरबहादुर घर्तीले पनि सात महिने जेल अनुभव बोकेर खाली हात फर्किए । उनको ४७ लाख २३ हजार सकियो ।

रोल्पाकै २३ वर्षीय भीमप्रसाद बाठामागर ०७४ पुसमा अमेरिकाका लागि हिँडे । दिल्ली हुँदै मस्को, क्युवा र पानामा पार गरेर हाइटीसम्म पुगेका उनीपनि ११ महिना हाइटीमा भैतारिएर रित्तो हात फिर्ता भए । भीमप्रसादसँगै अमेरिका यात्रामा निश्किएका रोल्पाकै बमबहादुर डाँगी र दाङका मोहम्मद जावेदले जनही ४५ लाख खर्च गरेर पनि अमेरिका टेक्न पाएनन् ।

यसरी हुन्छ, अमेरिकाको सपना देखाएर ठगी

यी पाँच जना युवालाई फसाउने गिरोहका नाइके हुन्, सुदर्शन गौतम । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसरा फरक–फरक मितिमा गएपनि दुवै समूहलाई अमेरिका लैजाने प्रलोभनमा लाखौँ असुल्ने गिरोह एउटै हो । हिम्मतवाली फिल्मका नायक गौतमको गिरोहमा रुकुमका २१ वर्षीय विश्व बाठामगर, उनका दाइ गोकर्ण बाठामागर, पर्वतका शिव शर्मा बास्तोला र बाग्लुङका जगन्नाथ कँडेल छन् । गौतमले नेपाली नागरिकता त्यागेर क्यानडाको नागरिकता लिएका छन् । उनको यसअघि पनि मानव तस्करीमा संलग्नता खुलेको छ ।

विश्व बाठामगर हाइटीमा बसेपनि आफू अमेरिकामा रहेको भन्दै फेसबुकमार्फत अमेरिका आउने ग्राहक खोज्छन् । अमेरिका आउन तयार गरेपछि काठमाडौंमा सम्पर्क गर्ने व्यक्ति उनकै दाइ गोकर्ण हुन् । रकम बुझ्नेदेखि नेपालको सबै प्रक्रिया गोकर्णले मिलाएपछि सुरु हुन्छ दिल्ली यात्रा । यहाँ शिव शर्मा बास्तोलाले जिम्मा लिन्छन् । दिल्लीबाट हाइटीसम्म पुर्याउने जिम्मा उनको हो । जहाजमार्फत मस्को, हवाना, पानामा हुँदै हाइटीको पोर्ट अफ प्रिन्स पुग्नेलाई रिसिभ गर्ने व्यक्ति जगन्नाथ कँडेल हुन् । आफू अमेरिकाबाट आएको भन्दै ग्राहकलाई भ्रममा पार्ने उनी बस्ने–खाने लगायतको रकम ज्यान मार्ने धम्की सम्म दिएर असुल्छन अनि फरार हुन्छन् ।


यसरी अमेरिकाको सपना देखाएर मात्रै होइन्, युरोपको सपना बाँढेर ढगि गर्नेहरु पनि बढिरहेका छन् । यस्तो मानव तस्करी रोक्न प्रहरी त चनाखो बन्नुपर्छ नै व्यक्ति स्वयम पनि जिम्मेवार बन्नुपर्छ । विभिन्न बहानामा बढिरहेको मानव तस्करी पछिल्लो समय प्रहरीमात्रै होइन् देशकै लागी चुनौती बनिरहेको छ । यस्तो अबैध काम रोक्न रोक्न युवायुवतीमा चेताना विस्तारका साथै राज्यले विशेष संयन्त्र सहितको सावधानि अपनाउने कि ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्