दाङको लमहीमा बस र बिहेको जीप ठोक्किए, बेहुलाका बुबाआमासहित ६ जनाको गयो ज्यान
दाङ– जिल्लाको लमही नगरपालिका–९ रिहार नजिक भएको सडक दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस र चितवनको गितानगरबाट बेहुली लिएर बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कार्पियो जिप आज बिहान एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
बाँकेको राप्ती सोनारीगाउँपालिका ८ शम्शेरगञ्जका ५ वर्षीय प्रविण केसी, ५३ वर्षीय मानबहादुर केसी र ४९ वर्षीय विश्वनाथ अधिकारीको लमहीस्थित फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय लमहीका अनुसार सोही गाउँपालिका ८ की ४९ वर्षीया बिमला खत्री, ३१ वर्षीय दीपककुमार खड्का र कोहलपुर नगरपालिका १२ का ७८ वर्षीय दक्तबहादुर खत्रीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुने मानबहादुर केसी दुलाहाका बुबा, बिमला खत्री आमा प्रविन केसी भतिज रहेको बताइएको छ । अर्को गाडीमा रहेका बेहुली र बेहुला भने सकुशल छन् । घाइते राप्तीसोनारी– ८ की ४५ वर्षीया गीतादेवी खत्री र चालक यमबहादुर बुढाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्