कर्णाली प्रदेशका हिमाली जिल्लामा हिमपात, जाडो बढेसँगै जनजीवन प्रभावित

हुम्ला\डोल्पा– कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि शुरु भएको हिमपातले जनजीवन प्रभावित भएको छ । हुम्ला, डोल्पा, जुम्ला, मुगु लगायतका हिमाली जिल्लामा हिमपातले चिसो बढाएको छ भने स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
उच्च हिमाली जिल्ला हुम्लामा भने हिमपात भएको यो दोस्रोपटक हो । यसअघि कात्तिक महिनामै हिउँ परेको थियो । बुधबार राति साढे सात बजेदेखि उत्तरी नाम्खा गाउँपालिकामा रहेका वडा लिमी, मुचु, खगालगाउँ, तिलगाउँलगायत स्थानबाट सुरु भएको हिमपातले बेसीसम्मै चिसो बढाएको छ । घर, बाटो हिउँले ढाकिदा आवतजावतमा समेत समस्या देखिएको छ ।
उच्च भागमा एक फिटभन्दा माथि हिमपात भएको र तल्लो भेगमा क्रमश कम भएको स्थानीयले बताएका छन् । हुम्ला सदरमुकाम सिमकोटसँगै हिमाली जिल्लाभर नै हिमपातले एक्कासी चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । हिमपातका कारण चिसोको समस्यामा पर्ने हुँदा मनाङ, मुस्ताङ क्षेत्रको उच्च भागमा रहेको बस्ती यसअघि नै बेशी झरिसकेको छ भने विद्यार्थी र विद्यालयलाई पनि घुम्ति बिद्यालयका रुपमा पोखरा सारिएका छन् ।
हिमपात अझै केही समयसम्म जारी रहने हुँदा बिहिबारदेखी बढेको चिसो अझ बढ्ने देखिन्छ । चिसोको जोखिम कम गर्न स्थानीय स्वयम पनि सचेत बन्नुपर्छ । अनि भैपरि आउनसक्ने जोखिमतर्फ स्थानीय, प्रदेश र केन्द्र सरकार चनाखो बन्नुपर्छ ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्