नुवाकोट दुर्घटना अपडेट १५ जनाको मृत्यु घाइते १५ जनको त्रिवि शिक्षण अस्पताल र बीपी स्मृति अस्पतालमा उपचार हुँदै

नुवाकोट अपडेट– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । घाइते १५ जनाको काठमाडौंमा उपचार भैरहेको छ ।
दुप्चेश्वर गाउँपालिका–६ सिम्टाङबाट घ्याङफेदीको सिसिपुतर्फ गइरहेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडाबाट करिब पाँचसय मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजादैगर्दा बाटोमा १ र उपचारका क्रममा थप एक जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा परेर तीन महिला र १७ जना पुरुषको मृत्यु भएको छ । घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको घटनास्थलमा, केनम तामाङको उपचारका लागि लैजाने क्रममा र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा शुकराम तामाङको मृत्यु भएको बताइएको हो ।
शुक्रबार साँझ भएको दुर्घटनाका घाइतेको उद्धार राति ८ बजेसम्म गरिए पनि सवारी साधन अभावले राति १० बजेपछि मात्रै अस्पताल लग्न सम्भव भएको थियो । मिनीट्रकमा लग्दैगरेका घाइतेलाई बीच बाटोबाट एम्बुलेन्समार्फत काठमाडौँ ल्याइएको थियो । घाइतेमध्ये आठ जनाको शिक्षण अस्पताल र सात जनाको बिपी स्मृति अस्पतालमा उपचार भैरहेको बताइएको छ । ४० भन्दा बढी यात्रु रहेको मिनिट्रकबाट कोही हामफालेर र कोही मिनीट्रकको पछाडि भएकाले शुरुमा नै खसेर सामान्य घाइते भएका थिए ।
सिम्टाङस्थित आफन्तकहाँ आयोजित मृत्युपछिको तामाङ काजक्रिया घेवामा सहभागी भएकासहित अन्य यात्रु बोकेको गाडी घ्याङडाँडामा दुर्घटनामा परेको थियो । कच्ची सडकमा उकालोतर्फ जाँदै गर्दा दुर्घटना भएको बताइएपनि दुर्घटनाको कारण बारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्