नयाँ शक्ति पार्टी भेला र प्रशिक्षणमा ब्यस्त, पूर्व मन्त्री समेत रहेका खापुङले दिए तेह्रथुममा प्रशिक्षण

तेह्रथुम–नयाँ शक्ति पार्टी नेपालले नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने क्रमलाई तिब्रता दिएको छ । पार्टीले पछिल्लो पटक जिल्ला समन्वय समिति तेह्रथुम जिल्लाको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शक्ति पार्टी नेपाल तेह्रथुम जिल्ला समन्वय समितिको बैठक पुर्व मन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय नेता परशुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

केन्द्रिय सदस्य एवं प्रशिक्षण बिभाग प्रमुख डम्बर खतिवडा, प्रदेश संयोजक प्रभुराम श्रेष्ठ, प्रदेश–१समयन्त्र संयोजक टंक भट्टराई, केन्द्रिय सदस्य एवं प्रदेश –१ का प्रवक्ता दलमर्दन कामी, केन्द्रिय सदस्य पदम राई, केन्द्रिय परिशद सदस्य एवं केन्द्रिय यातायात ब्यवसायी संयोजक राम प्रसाद भट्टराईको उपस्थितिमा भएको बैठकमा जिल्ला तथा स्थानीय तहका नेता कार्यकर्ताको उपस्थिति थियो ।
जिल्ला संयोजक भगवान रिजाल को सभापतित्वमा सम्पन्न भएको बैठकमा केन्द्रिय नेताहरुले प्रशिक्षण दिएका थिए । पार्टीको संगठन सुध्रिणिकरण, जनतामा जाने एजेन्डा, सरकारका गलत कामको खबरदारी लगायतका बिषयमा प्रशिक्षित गरिएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्