नेकपा र सरकारप्रति असन्तुष्टी बढ्दो, आन्तरिक कलह र आलोचना रोक्ने रणनीतिमा स्थायी कमिटी बैठक
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावी घोषणा पत्रको प्रतिबद्धता पुरा नगरेको र सरकार जनअपेक्षा अनुसार चल्न नसकेको गुनासो चौतर्फी बढ्दो छ । प्रतिपक्षी दल मात्रै होइन, जनस्तरबाट समेत आलोचना बढेपछि सत्तारुढ दल नेकपाभित्रै पनि असन्तुष्टि चुलिएको छ ।
नेतृत्वको कार्यशैली सरकारको कामकारबाहीबाट सुरु भएको असन्तुष्टी शनिबारदेखि सुरु हुने पार्टी स्थायी कमिटी बैठकको एजेण्डा बन्ने भएको छ । असन्तुष्ट नेताहरुले स्थायी कमिटी मार्फत गम्भीर छलफल गर्ने रणनीति नै बनाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने तेस्रो स्थायी कमिटी बैठकले सरकारका सारथी एवम् सल्लाहकारबारे समेत गम्भिर छलफल गर्ने बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रीलाई पर्याप्त सल्लाह दिएर सकारात्मक बाटो देखाउनुपर्नेहरुले नै गलत काम गरेको भन्दै केही नेताहरुले असन्तुष्टी राखेपछि सल्लाहकार तथा सचिवालयमा नै हेरफेर गर्ने बिषय पनि चर्चामा आएको छ ।
पछिल्लो समय नेकपा सरकारको कामलाई लिएर प्रतिपक्षीहरु बाट मात्रै होइन्, नेकपाका नेताहरुबाटै चर्को आलोचना भैरहेको छ । आगामी स्थायी कमिटीले पार्टीमा बढ्दै गरेको कलह र सरकार प्रतिको असन्तुष्टी रोक्न कस्तो भुमिका खेल्छ । अहिले धेरैको प्रतिक्षा यसमा छ ।
क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्