Techie IT
Mission Khabar

के.एम.तामाङको अध्यक्षतामा अन्तर्राष्ट्रिय तामाङ परिषद्ले पायो नयाँ कार्यसमिति, सबै निर्विरोध


आशिस तामाङ । भारत, मिरिक–अन्तर्राष्ट्रिय तामाङ परिषद्ले अखिल भारतीय तामाङ बौद्ध संघका के.एम. तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । भारतको दार्जिलिङ, मिरिकमा जारी चौथो अन्तर्राष्ट्रिय तामाङ सम्मेलनको बन्दसत्र मार्फत सबै पदाधिकारी निर्विरोध निर्वाचिन भएका हुन् ।

१९ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जन तामाङले जानकारी दिए । परिषद्को वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर–दक्षिण अमेरिकाबाट उत्तर अमेरिका तामाङ समाजका भोजकुमार दोङ तामाङ, युरोपकोतर्फबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा तामाङ, खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट घेदुङका कुमार ब्लोन तामाङ , महिलाबाट घेदुङका मिना तामाङ लुङ्बा निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै, महासचिवमा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिन कुमार लामा तामाङ र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान तामाङ चय भएका छन् ।

कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सहकोषाध्यक्षमा साईप्रस घेदुङका नानू गोम्जा तामाङ निर्वाचित भएको छन् । परिषद्को बिधान अनुसार बाँकी सदस्यहरु भने कार्यसमितिले मनोनयन गर्नेछ ।


क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्