पाल्पाको श्री देववाणी संस्कृत तथा साधारण माविप्रति विद्यार्थीको मोह, ६६ बर्षे इतिहास बचाउनुपर्ने राज्यको दायीत्व
अनु खनाल । पाल्पा– जिल्ला सदरमुकाम तानशेनमा २००९ सालमा स्थापित श्री देववाणी संस्कृत तथा साधारण माविले निक्कै धेरै उतारचढाव झेल्नुपरेको छ । कहिले शिक्षक अभाव झेलेको विद्यालय लामो समयसम्म विद्यार्थी अभावमा गुज्रिनु परेको छ । तर कत्तिपनि बिचलन नहुने व्यवस्थापन र प्राध्यापकहरु पाएका कारण यो संस्कृत विद्यालयले धर्म, संस्कार र संस्कृति शिकाउने तथा बचाउने अभियानलाई ६६ बर्षदेखी निरन्तरता दिएर एउटा जीवन्त इतिहास रचेको छ ।
विद्यालयले आफ्नो ६६ औँ बार्षिक उत्सब तथा अभिभावक दिवश मनाउदासम्म यहाँ विद्यार्थी संख्या ३०९ पुगेको छ । अघिल्लो शैक्षिक बर्षका तुलनामा विद्यार्थीसंख्या क्रमिक रुपमा बढिरहेको छ । प्रधानाध्यापक कृष्णबहादुर थापा र शिक्षकहरुको मेहनत र योगदानलाई विद्यार्थीसँगै अभिभावकले समेत प्रशंसा गर्दै आएका छन् । अहिले देववाणी संस्कृत तथा साधारण माविको शिकाई उपलब्धी नै ६९ प्रतिशत पुगेको छ । विद्यालयले विहान ६ बजेदेखी बेलुका ६ बजेसम्म पठनपाठनलाई निरन्तरता दिदै आएको छ ।
६६ औँ बार्षिक उत्सबको अवशरमा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पाल्पाको चिनारी विभिन्न कोणबाट भैरहेको भन्दै पाल्पाली टोपी, कला, संस्कृतिसँगै शिक्षामा पनि नयाँ परिचय स्थापित गर्नेगरी विद्यालय अघि बढेको बताए । प्रविधि र समय सापेक्ष विकाससँग विद्यालयलाई जोड्न आफूले पहल गर्ने एमाले नेता पाण्डेको आश्वसन थियो ।
यता, शिक्षा कार्यालयका इकाई प्रमुख मोतिलात पौडेलले धर्म, संस्कार र संस्कृति बचाउन विद्यालयको ठूलो योगदान रहेको भन्दै बन्द गनुपर्ने वा अन्य विद्यालयसँग समायोजन गर्नुपर्ने अवस्थाबाट पुगेको विद्यालयलाई बचाउन भुमिका खेल्ने विद्यार्थी अभावमा र शिक्षकहरुलाई धन्यबाद दिए । विद्यालयलाई आवश्यक सबै सहयोग गर्ने पौडेलले पनि आश्वसन दिए ।
पत्रकार राजेशकुमार अर्यालले विद्यालयको आवश्यकता पुष्टि गर्दै इतिहास बचाउने काममा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने बताएका थिए । विद्यालयको शिकाईमा सुधार गर्दै गाउँघरमा गुम्दै गएको धर्म, संस्कार र संस्कृति प्रतिको मोह जगाउन र संस्कृत शिक्षाको विकासमा सरोकारवाला सबैले चासो दिनुपर्छ ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्