हवाइ तथा सडक पूर्वाधारले प्रभाव पार्न नसकेको एउटा वस्ती, भारी बोकेर गुजारा चलाउनुपर्ने बाध्यता

सोलुखुम्बु– सडक, हवाइमार्ग लगायतको विकास अहिले देशका अधिकांश जिल्लामा पुगेको छ । अनि स्थानीयको जीवनस्तरमा निक्कै परिवर्तन आएको चर्चा चल्दै आएको छ । तर कतिपय पेशाकर्मीहरु यस्ता पनि छन्, उनीहरु आफ्नो विगतको पेसामै छन् ।
सोलुखुम्बु जुभिङका आसबहादुर राई एक प्रतिनिधि पात्र हुन् । सोलुमा हवाई मार्ग, सडम लगायतका सञ्जाल विस्तार भएसँगै यसै मार्फत विभिन्न सुबिधा पुगेको छ । तर आसबहादुरको दैनिकी पुरानै पेसाबाट चलिरहेको छ । उनी सल्लेरीबाट तीन दिनको पैदल हिडेर जुभिङ पुग्छन अनि भारी बोकेर आएको एकदुई हजारले आफ्नो र परिवारको गुजारा चलाउछन् । खाद्यान्न तथा पसलको सरसामान ढाकरमा बोकेर जिल्ला सदरमुकाम सल्लेरीबाट जुभिङ पुग्ने उनको विगतदेखीको पेसालाई सडक, हवाइ लगायतका पूर्वाधारको विकासले फेर्न सकेको छैन ।
बरु उनी यो पेसालाई आफ्नो जीवन गुजाराको साहारा भनिरहेका छन् । यी प्रतिनिधि पात्र मात्रै होइन्, यहाँका विपन्नहरु विगतदेखी नै भारी बोकेर गुजारा चलाउदै आएका छन् ।
क्याटेगोरी : ओझेलका पात्र, जीवन भोगाई, देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्