Techie IT
Mission Khabar

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन, बूढानीलकण्डस्थित निवासमा श्रद्धाञ्जली अर्पण गरिदै


काठमाडौं–पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको ९३ वर्षको उमेरमा मंगलबार निधन भएको छ । बूढानीलकण्ठ भिल्लास्थित आफुनै निवासमा गिरीको निधन भएको हो ।

राजाको प्रत्यक्ष शासन लमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोको क्यान्सर बढेपछि गिरीलाई १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालबाट घरमा ल्याइएपछि मंगलबार बिहान उनको देहान्त भएको बताइएको छ । राजा महेन्द्रले ०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व गिरी नेपाली कांग्रेसकाबाट सक्रिय राजनीति गर्थे । पञ्चायतकालमा उनी हार्डलाइनर पञ्चका रुपमा सक्रिय बन्न थाले ।

महेन्द्रलाई साथ दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर हानिए । ०६१ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्केर मन्त्रिपरिषदको उपाध्यक्ष बने । ज्ञानेन्द्रलाई साथ दिएपनि राजतन्त्रको विरासत लामो समय टिक्न सकेन । यसपछि गिरी राजनीतिबाट निश्किृय रहेर स्वदेशमै बस्दैआएका थिए ।

बरिष्ठ राजनीतिज्ञ गिरी आफ्नो जीवनकालभरि नै अविचलितरुपमा राजतन्त्रको वकालत गर्ने व्यक्ति हुन् । गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार निवासमै राखिने बताइएको छ । गिरीका श्रीमती, २ छोरा र २ छोरी छन् ।


क्याटेगोरी : देश / प्रदेश, राजनीति, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्