Techie IT
Mission Khabar

बंगालको खाडीबाट निस्किने सामुद्रीक चक्रवात फेथाईका कारण नेपालको तपमान घट्यो, हिमाली भेगमा हिमपात र देशभर चिसो बढ्ने अनुमान


काठमाडौँ – सोमबार २ दशमलब ५ डिग्रीमा झरेको काठमाडौँको न्यूनतम तापक्रम मंगलबार बढेर ७ डिग्री पुगेको छ । तापमान बढेपनि घाम नलागेका कारण चिसो भने बढिरहेको छ ।

जल तथा मौसम पूवार्नुमान महाशाखा पनि तापमान अब नघट्ने तर घाम नलाग्ने भएकाले चिसोको अनुभुति भने भैरहने बताउँछ । मौसमविद शान्ति कँडेल सोमबार रातिसम्म बदली रहेकोले मंगलबार बिहानको न्यूनतम तापक्रम बढेपनि दिनभर घाम नलाग्ने भएकोले अधिकतम तापक्रम नबढ्ने बताउँछिन । काठमाडौं सहित देशभरको ताममानमा उतारचढाव र घाम लाग्ने छेकिने भएकाले चिसो धेरै महसुस हुने छ । सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ दशमलक ४ डिग्री मापन भएको थियो । आज भने १५ देखी १७ डिग्री आसपास रहने अनुमान गरिएको छ । अधिकतम र न्यूनतम तापक्रमको दूरी घट्दा बढी चिसो हुने भएकाले देशभर नै चिसो बढेको बताइएको छ । मंगलबार पूर्वी र मध्य क्षेत्रमा पूर्ण बदली रहने र पश्चिमि भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बंगालको खाडीमा विकसित सामुद्रीक चक्रवात फेथाईको प्रभाव स्वरुप नेपालमा हल्का वर्षा र उच्च भागमा हिमपात हुने अनुमान गरिएको छ । फेथाई चक्रबातको बाहिरी घेराबाट जलवाष्पयुक्त बादल नेपालतिर सरेकाले चिसोको प्रभाव झनै बढ्ने बताइएको छ । यसको प्रभावस्वरुप देशको हिमाल, पहाड र तराईको मौसममा बलदी आएको छ भने चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । यो क्रम केहीदिनसम्म जारी रहने मौषमविद्हरुको अनुमान छ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्