Techie IT
Mission Khabar

पेट्रोलियम पदार्थको मूल्य समायोजन : पेट्रोल, डिजेल र मट्टितेलमा दुई\दुई रुपैया घट्यो


काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आयल निगम कार्यकारी बोर्डको मंगलबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा समान दुई दुई रुपैया मुल्य समायोजन गर्ने निर्णय गरेको हो । मूल्य समायोजनपछि उपभोक्ताले एक लिटर पेट्रोलका लागि १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलका लागि ९७ रुपैयाँ तिनुपर्नेछ । निगमले अन्तर्राष्ट्रिय बजारमा थपघट हुने मूल्य अनुसार स्वचालित मूल्य प्रणाली मार्फत पेट्रोलियम पदार्थको समायोजन गर्दै आएको छ ।

यसअघि निगमले पन्ध्रदिन पहिले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । उक्त समायोजनपछिको १५ दिनमा मात्रै साढे ५६ करोड नाफा सुरक्षित गरेको नेपाल आयल निगमको यो समायोजनबाट पनि नाफा बढ्ने देखिन्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्