Techie IT
Mission Khabar

आदिवासी जनजातिको माग : ल्होसार, उधौली–उभौली, माघीमा सार्वजनिक बिदा


काठमाडौं–नेपाल आदिवासी जनजाति महासंघले आफ्ना जातजातीहरुको कटौती गरिएका बिदा पुनः कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

आदिवासी जनजाति समुदायको संस्कृतीमाथि प्रहार गरिएको भन्दै महासंघले जनजातिको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिन माग गर्दै माइतिघर मण्डलामा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा आदिवासी जनजाति समूदायका अगुवा तथा अभियन्ताहरुले “आदिवासी जनजातिमाथीको दमन बन्द गर” भन्दै नारा समेत लगाएका थिए ।

राष्ट्रिय पर्वका रुपमा मनाइने बिदा कटौती फिर्ता नलिइए कडा आन्दोलन गर्ने उनीहरुको चेतावनी थियो ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्