कर्मचारी समायोजन अध्यादेशमा बढ्दो असन्तुष्टि, सिंहदरबारभित्रै प्रदर्शन
काठमाडौं–कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै बुधबार सिंहदरबारभित्रै बिरोध प्रर्दशन भएको छ । सरकारले ल्याएको अध्यादेश बिभेदकारी भएको भन्दै असन्तुष्ट निजामति कर्मचारीले बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रदर्शन गरेका हुन् ।
असहमति पत्र बोकेर सामान्य प्रशासन मन्त्रालय पुगेका कर्मचारी पत्र बुझ्ने आधिकारिक व्यक्ति नभेटेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेका थिए । आफ्नो मागको सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका उनीहरुले पीडित निजामती कर्मचारीको नाममा मुख्यसचिव लोकदर्शन रेग्मीलाई ज्ञापनपत्र पनि बुझाए । समायोजनलाई स्वेच्छिक बनाउन माग गरेका कर्मचारीले समायोजनमा जान नचाहने कर्मचारीलाई संघमा पुन दरबन्दी कायम गरी निश्चित मापदण्डका आधारमा प्रदेश र स्थानीय तहमा कामकाज गर्न खटाउनुपर्ने भनेका छन् ।
ज्ञापनपत्रमा संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन, स्थानीय सरकारी सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अघि बढाउन माग गरिएको छ । समायोजन भई प्रदेश र स्थानीय तहमा गएका कर्मचारीको संघमा निश्चित मापदण्डको आधारमा बढुवा वा सरुवा हुन नपाउने व्यवस्था सच्याउनुपर्ने असन्तुष्ट कर्मचारीहरुको माग छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्