स्याङ्जाकी कृतज्ञा अर्याल सामाजिक सञ्जालमा भाइरल बन्दै, श्रृङ्खला, सलमान र नातेदारको स्केच सुपरहिट

काठमाडौं \नयाँ दिल्ली– स्याङ्जा वालिङ कि कृतज्ञा अर्याल चार्टर एकाउन्टेन्टकी बिद्यार्थी हुन् । अहिले उनी भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत छिन् । गुमनाम कृतज्ञा अहिले एकाएक चर्चामा आएकी छिन् ।


पढाईसंगै फूसदमा आर्ट गर्न र गित गाउने उनी सामाजिक सञ्जालमा निक्कै लोकप्रिय बन्न थालेकी छिन् । यो चर्चाको कारण हो उनले बनाएको मिस नेपाल श्रृङ्खला खतिवडा र भारतीय सिने स्टार सलमानखानको स्केच । आर्ट आफ्नो विषय नभएपनि फुर्सदमा थोरै थोरै गरेर कोर्न थाल्छिन उनी । आर्टमा डुल्दा मान्छेको भावना थाहा पाउने उनको बुझाई छ । स्केट बनाएर कसैलाई गिफ्ट दिन पाउँदा उनी निक्कै खुशी पनि बन्छिन् ।
मिस वल्डमा समेत चर्चामा आएकी श्रृङ्खलाकाृ स्केच अहिले लाखौँले मनपराएका छन् । आफूले मिस नेपाललाई मनपराएकै कारण स्केच कोरेको उनले बताइन् । श्रृङ्खला राम्री संगै धेरै कुरामा ट्यालेन्ट भएको उनको बुझाई छ ।
आर्टको क्षेत्रमा समय धेरै चाहिने भएपनि पढाइबाट बचेको समयलाई सदुपयोग गरेर कला प्रस्फुटन गर्दैछिन कृतज्ञा । उनले मिस नेपाल, भारतीय नायक सलमान खान, नेपाली नायक आकाश श्रेष्ठ, आफ्ना हितैसी साथीभाई, नातेदारको आर्ट जस्ताको त्यस्तै उतारेकि छिन् ।

धेरै सिक्न बाँकी रहेको बताउने कृतज्ञा आर्ट सम्बन्धी थप सिकेर व्यवसायीक बन्ने सोचमा छिन् । उनीभित्रको यो कलाकारिताले प्रस्फुटन पाओस्, यसमा परिवार, साथिभाई र अन्य सरोकारवालाले साथ दिनुपर्छ ।
क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्