आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको अध्यक्षमा अरुण तामाङकै निरन्तरता, आफ्नो समूदायलाई सबल बनाउने प्रतिबद्धता

सिड्नी– आदिवासी जनजाति मञ्च अष्ट्रेलियाको अध्यक्षमा पुनः अरुण तामाङ निर्वाचित भएका छन् । मञ्चको १२ औ साधारण सभाले तामाङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मन चयन गरेको हो ।
उपाध्यक्षमा पनि लक्ष्मण गुरुङ दोहोरिएका छन् । यस्तै, अर्को उपाध्यक्षमा नारायण भट्टचन चयन भएका छन् । अष्ट्रेलियाका जातिय संघसंस्थाका अध्यक्षहरु मञ्चको पदेन उपाध्यक्ष रहने परम्परा छ । यस्तै मञ्चको महासचिवमा कर्णराज राजवंशी, सचिवमा लिला गुरुङ र कोषाध्यक्षमा राम सिप्थुंखा राई चयन भए । मञ्चमा १९ जनाको कार्यसमिति छ । अष्ट्रेलियामा बसेर नेपाली आदिवासी जनजातिको हक अधिकारका क्षेत्रमा काम गर्न पाउँदा गर्व लागेको भन्दै नवनिर्वाचित पदाधिकारीले आफ्नो समूदायलाई सबल र शसक्त बनाउने प्रतिबद्धता जनाएका छन् ।
सन् २००६ मा स्थापना भएको मञ्च नेपाल आदिवासी जनजाति महासंघको मान्यता प्राप्त निकाय हो भने अष्ट्रेलियन सरकारले पनि मञ्चलाई जातिय हक अधिकारका लागि संघर्षरत संस्थाको रुपमा पहिचान दिएको छ । अष्ट्रेलियामा रहेका आदिवासी जनजाति संघसंस्थाको छाता संगठनका रुपमा समेत हेरिने मञ्चले परदेशमा आदिवासी जनजातिहरुको पहिचान, अधिकार र प्रतिनिधित्वका लागि विभिन्न अभियान चलाउदै अएको छ ।
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्