Techie IT
Mission Khabar

भत्ताको माग गर्दै संसद सचिवायका कर्मचारी, हिउँदे अधिवेशनले जुराएको दबाबमुलक आन्दोलन


काठमाडौं — सरकारले तलबबाहेकको भत्ता कटौती गरेको विरोधमा संसद्का कर्मचारी आन्दोलित भएका छन् ।संघीय संसद्को हिउँदे अधिवेशनको मिति नजिकिदै गर्दा संसद सचिवालयका कर्मचारी भत्ता लगायतको सेवा सुविधा माग्दै आन्दोलित भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस ११ गतेका लागि हिउँदे अधिवेशन आह्वान गरेकी थिइन् । यहाँका कर्मचारीले अहिले विहात १० देखि अपरान्ह ४ बजेसम्म काम गर्दै आएका छन् । आगामी बुधबारको बैठकमा सहभागी हुने नहुनेबारे कर्मचारीहरु टुंगोमा पुगिसकेका छैनन् । कर्मचारीहरु यसअघि पनि भत्ता तथा सेवा सुविधान कटौती फिर्ताको माग राखेर आन्दोलित भएपनि कुनै सहमति बिनै पछि हटेका थिए ।

अधिवेशनको पूर्वसन्धयामा संसद् सचिवालयका कर्मचारी आन्दोलित भएर पुनः दबाब दिन खोजेको आँकलन गरिएको छ । यो पटकको माग सम्बोधन गराउनेगरि कर्मचारी आन्दोलित हुन्छन वा अबिधेशनको मौकामा दबाब दिएर गलाउन मात्रै खोजिएको हो केही दिनमै यसको उत्तर मिल्नेछ ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्