Techie IT
Mission Khabar

बैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै रोक्ने सरकारी योजना, सहुलियत ऋण बारे अधिकांश अनविज्ञ


काठमाडौं–सरकारले विदेशबाट फर्किएका युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष्यसहित १० लाखसम्म सहुलियत ऋण उपलब्ध गराउने गरि अभियान सुरु गरेको छ । तर आवेदन खुलेको तीन सातामा २२ सय ७७ जनाको मात्रै आवेदन दिएका छन् ।

यसले सहुलियत ऋणको योजना बारेको जानकारी सरकारले प्रवाह गर्न नसकेको देखिन्छ । विदेशमा काम गर्दा सिकेको सिप, क्षमता, ज्ञानलाई स्वेदमै सदुपयोग गर्न र चाहे अनुसारको काम गर्न सहजिकरण गर्ने सरकारी सहुलियत ऋण योजनाको उद्देश्य छ । व्यवसायिक योजनाका आधारमा विदेशबाट फर्किएका युवाले अधिकतम १० लाखसम्मको सहुलियत ऋण पाउनेछन् । अहिले देशका सबै प्रदेशमा सिप परिक्षणको आवेदन संकलन भैरहेको छ । २० फरक–फरक कामको लागि विदेशबाट फर्किएका युवाले आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगार पर्वद्धन बोर्ड मार्फत संकलन गरेपछि आफुलाई पायक पर्ने राष्ट्रिय सिप विकास समिति मार्फत युवाहरुले निःशुल्क सिप परिक्षण गराउन पाउनेछन् । वैदेशिक रोजगार पर्वद्धन बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठ पुस मसान्तसम्म इच्छुक युवाको आवेदन संकलन गरिने र त्यसपछि ऋण उपलब्ध गराउने प्रक्रिया अघि बढाउने बताउँछन् । सहुलियत ऋणका लागि निक्कै कम मात्रै युवा आवेदन बोकेर बोर्डसम्म पुगेका छन्, उनीहरु ऋण सम्वन्धी व्यवस्था बारे अनविज्ञ छन् ।

सरकारले आर्थिक वर्ष ०७५/०७६ को बजेट मार्फत सीप प्रमाणिकरण भईसकेपछि पाँच वर्षसम्मको लागि अधिकतम तीन प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने ब्यवस्था गरेको थियो । विदेशबाट फर्किएको तीन वर्ष ननाघेका तथा विदेशमा कम्तिमा ६ महिना काम गरेर स्वदेश फर्किएका युवाहरुले सहुलियत ऋणको आवेदन दिन पाउनेछन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्