पाल्पाको रिब्दीकोट गाउँपलिकाले दियो २५ जना एकल महिलालाई सिपमुलक तालिम, निरन्तर सहयोग गर्ने प्रतिबद्धता

अनु खनाल । पाल्पा– जिल्लाको रिब्दीकोट गाउँपालिकाले एकल आश्रित महिलाका लागि परालको जुत्ता बनाउने तालिम दिएको छ । गाउँपालिकास्तरिय तालिम दिएको रिब्दीकोटले महिला शसक्तिकरण र सबलिकरणमा सधै योगदान दिने बताएको छ ।
कार्यक्रममा बोल्दै रिब्दीकोट गाउपलिकाका अध्यक्ष नारायणबहादुर जीसीले एकल महिलालाई बति कात्ने, झिनिया बनाउने, ढाका बुन्ने सिलाउने लगायतका विभिन्न तलिम दिएर उनीहरुलाई आत्मनिर्भर बनाउन पहल गर्ने बताए । यस्तै, रिब्दीकोट गाउपालिकाकी उपाध्यक्ष लक्ष्मी खनालले एकल महिलालाई जागरुक बनाउन पहल सुरु भएको भन्दै आफूहरु सधै सहयोग बन्ने बताइन् ।
प्रशिक्षक गोमा अर्यालले महिलाहरु छोटो समयमा धेरै सिप सिक्न सफल भएको बताइन् । बौदिक पुजा सामाग्रीका सञ्चालक जिबन पाण्डेले एकल महिलाहरुलाई बती,परालको चप्पल, धुप, लगायतका पुजा सामाग्रीहरु बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने र उनीहरुले बनाउने सामाग्री आफैले किनिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एकल महिलाहरुलाई ५ दिन सम्म गोमा अर्यल र दिपिका थापाले विभिन्न सिपमुलक तालिम दिएका थिए । रिब्दीकोट गाउपलिकाले कपासको बत्ती कात्ने ढाकाको झोला बुन्ने लगायतका सिपहरु सञ्चालनमा ल्याएको छ । गाउपालिकाले २५ जनालाई ५ दिन सम्म परालको जुत्ता बुन्ने लगायतका सिपमुलक तालिम दिएको थियो ।
क्याटेगोरी : ओझेलका पात्र, जनप्रतिनिधि, देश / प्रदेश
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्