डिभिजन वन कार्यालयको गोदाममा डेढ करोडको चन्दन सड्दै, ११ बर्षदेखीको ताल्चा खुलेन्

झापा– नेपाल प्रहरी, शसस्त्र होस वा भन्सारले पक्राउ गरेका बस्तु तथा सामान नै किन नहुन । यसरी पक्राउ परेका अधिकांश सामाग्री सरकारी बेवास्ताका कारण माटोमा बिलिन भएका छन् ।
कतिपय खियाले सखाप बन्दैछन् । लिलामीको कानूनी प्रक्रिया सहज नहुँदा जिल्ला डिभिजन वन कार्यालय झापाको दुई कोठामा रक्तचन्दन काठ राखेको ११ बर्ष बितेको छ । बेचबिखन गर्न प्रतिबन्ध लगाइएको रक्तचन्दन २०६३ र २०६४ सालमा भारतबाट तस्करी भएर नेपाल भित्रदैगर्दा बरामद गरिएको काठ हो ।
दुईवटा बन्द कोठमामा राखिएको १९ हजार ८३२ किलोग्राम रक्तचन्दन अहिले कुहिएको छ । प्रचलित मूल्यअनुसार करीब डेढ करोड बराबरको रक्तचन्दन लिलामि प्रक्रियाको अल्झन र नेपालमा चन्दनको बिक्रि वितरणलाई अबैध मानिएका कारण सड्ने क्रममा रहेको जिल्ला बन कार्याल बताउँछ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्