Techie IT
Mission Khabar

महिलालाई घरेलु कामदारका रुपमा खाँडी पढाउने सरकारी तयारी, हचुवाको भरमा निर्णय नलिन संसदीय समितिको सुझाब


काठमाडौं–सरकारले घरेलु कामदारलाई खाडी मुलुकको गन्तब्य खुल्ला गर्नेगरि प्रस्ताव अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलबभत्ताको उचित व्यवस्थाको भरपर्दो ग्यारेन्टी भए घरेलु कामदारका रुपमा महिलालाई खाडी मुलुकको रोजगारीमा पुनः पठाउन सकिने प्रस्ताव गरेका हुन् ।

संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सोमबारको बैठकमा मन्त्री विष्टले कामदारकै दबाबमा घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव अघि बढाउनुपरेको दाबी गरे । बैठकमा समिति सदस्यहरुले भने आवश्यक परामर्श र सोच बिचार बिनै हतारमा निर्णय नलिन मन्त्री तथा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्