Techie IT
Mission Khabar

अघि बढ्यो बिवादित कर फर्छ्यौट आयोग खारेजीको प्रक्रिया, संसद सचिवालयमा विशेष प्रस्ताव दर्ता


काठमाडौं–सरकारले विवादित कर फर्छ्यौट आयोग ऐन २०३३ खारेजीको प्रक्रिया अघि बढाएको छ । संसद सचिवालयमा सोमबार प्रस्ताव दर्ता भएसँगै ऐन खारेजीको प्रक्रिया अघि बढेको हो ।

ऐन मार्फत कर फर्छ्यौट आयोग बनाएर ठूला व्यवसायीलाई अर्बौँको कर छुट दिएको तथा नीतिगत भ्रष्टाचार भएको भन्दै चौतर्फी आलोचना बढेपछि सरकारले ऐन खारेजमा चासो दिएको छ । पैसा, शक्ति र पँहुचको तागतमा आयोग मार्फत अबैधानिक तरिकाले कर छुट लिएको भन्दै थुप्रै उच्च व्यापारिक घराना बिवादमा तानिएका थिए । धेरै कर तिर्नुपर्ने करदाता समेत यहि आयोग मार्फत छुटलिने प्रतिस्पर्धामा उत्रिदा हलचल नै मच्चिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको समयमा बयान दिन नआएको भन्दै २०७४ असार पहिलो साता कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित नै गर्यो । उनीहरुले आयोग मार्फत ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दा २१ अर्ब रुपैयाँ छुट दिएका थिए ।

यसअघि आयोगका अर्का सदस्य रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई कर छुट मार्फत भ्रष्टाचार गरेको भन्दै पक्राउ गरेको अख्तियारले शर्मा, महत र ढकालमाथी भ्रष्टाचार मुद्धा नै अघि बढाएको थियो । यसरी आयोग बिवादित बन्न थालेपछि अर्थ मन्त्रालयले खारेजी प्रक्रिया अघि बढाउने निर्णय लिएको हो ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्