क्रिसमसको पूर्व सन्ध्यामा काठमाडौंका विभिन्न स्थानबाट ८७ युवायुवती पक्राउ, होहल्ला गरेको अभियोग

काठमाडौँ–क्रिसमसको पूर्व सन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा आयोजित क्रिसमस पार्टीबाट ८७ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रातीको समयमा होहल्ला गर्ने तथा अराजकता मच्चाउने काममा संलग्न भएको पाइएपछि ५ जना युवती सहित ८७ जनालाई नियन्त्रणमा लिइएको हो ।
दरबारमार्ग, ठमेल नयाँबजार, बसपार्क लगायतका स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ । केहीलाई होहल्ला गरेर अरुलाई डिस्टर्ब गरेको गुनासोका आधारमा र केहीलाई नियमित जाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
२४ घण्टापछिको नियन्त्रणका लागि म्याद थप गरेर राख्नुपर्ने भएकाले सो मय अगाडी नै उनीहरुलाई आफन्तको रोहोबरमा छाड्ने प्रहरीले तयारी गरेको छ ।
क्याटेगोरी : देश / प्रदेश, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्