Techie IT
Mission Khabar

मंगलबार साँझबाट देशभर पश्चिमी वायुको प्रभाव बढ्दै, उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना


काठमाडौँ – पूर्वी पहाडी भेगका केही स्थानमा आंशिक बदलीको सम्भावना रहेपनि मंगलबार दिनभर देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकासहित देशभरको मौसम सफा रहने भएपनि पूर्वको पहाडी भेगका केही ठाउँमा भने आंशिक बदली हुनसक्ने मौसमबिद्को अनुमान छ ।

मौसम सफा रहेर घाम लागेपनि काठमाडौँ उपत्यकामा मंगलबार बिहानको न्यूनतम तापक्रम २ दशमलब ६ डिग्री मापन गरिएको छ । जतिबेला चिसोको अनुभुति उपत्यकावासीले गरेका थिए । दिउँसो क्रमशः तापक्रम बढेर १७ देखि १९ डिग्रीसम्म पुग्ने अनुमान महाशाखाको छ । तराईमा बिहान हुस्सु तथा कुहिरो हटेर दिउँसो घाम लाग्ने अनुमान जस्तै अहिले घाम लागेको छ । तर, मंगलबार रातिदेखि भने पश्चिमी वायु नेपाल भित्रने भएकाले हिमाली तथा उच्च पहाडी क्षेत्रका केही स्थानमा पश्चिमी वायुको प्रभावले हल्का हिमपात हुने आँकलन गरिएको छ ।

मध्य तथा पूर्वका क्षेत्रमा आंशिक बदली हुने भएकाले चिसो केही बढ्ने मौसमविद्को अनुमान छ । पश्चिमी वायुको प्रभावले बुधबार भने देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने र चिसोको मात्रा पनि सोही अनुसार बढ्नसक्ने मौसम पूर्वानुमान महासाखाको भनाई छ । पश्चिमी वायुको प्रभावले हिउँदे पानी पर्ने गरेको विगत भएपनि अहिले नै यो सम्भावना देखिन्न ।


क्याटेगोरी : देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्