रामेछापको फुलासीस्थित चिया बगानमा डोजर आतंक, नियोजित रुपमा बगान नष्ट गरिएको भन्दै मन्थली नगरपालिकामा उजूरी

रामेछाप– जिल्लास्थित फुलासी क्षेत्रका किसान पछिल्लो समय व्यवसायीक चिया खेतीतर्फ आकर्षित भैरहेका छन् । इलामको कन्याम, सिन्धुपाल्चोकको भोटेचौर जस्तै चिया बेचबिखनसँगै आन्तरिक तथा बाह्य पर्यटक मार्फत आफ्नो जीवनस्तर उकास्ने स्थानीयको सोच र प्रयासमा भने पटक–पटक अबरोध देखापरिरहेको छ ।
पछिल्लो पटक फेरी रामेछापको चिया बगान नस्ट गर्न खेल सुरु भएको भन्दै स्थानीय कृषकले मन्थली नगरपालिकामा उजूरी दिएका छन् । पुरानो बाटो चौडा, घुम्ती बढाउने र फराकिलो गर्ने शीर्षकमा ३० लाख रुपैयाँ बजेट छुट्याइएकोमा गलत नियतबस आफूहरुको बगान नष्ट गर्नेगरी नयाँ ट्र्याक खोलिएको उनीहरुको आरोप छ । अहिले पनि चिया बगानमा डोजर चलिरहेको छ ।
रामेछाप जिल्ला, फुलासी भोट्नागि क्षेत्रमा लगाइएको चिया बगान मास्ने खेल भैरहेको कृषकले आरोप लगाइरहँदा स्थानिय केही व्यक्तीले उपभोक्ता समिती नै बनाएर बाटो बनाइरहेका छन् । मोतिलाल तमाङ्गको सक्रियतामा बनाइएको यो समिति भने आफै बिवादित छ । तामाङले ५ वर्ष अगाडि पनि करिब ३ लाख भन्दा बढी चियाको बिरुवा नस्ट गरेको र हाम्रो प्रगतिप्रति सधै रुष्ट रहँदै आएको स्थानीय कृषक बताउँछन् ।
सडक बिस्तार हुनु सकारात्मक हो । तर कृषक तथा सञ्चालकसँग कुनै छलफल, मरामर्श नै नगरी राम्रोसँग हुर्किएको र झांगिएको बगानलाई रेखांकन गरी बाटो बनाइनु पक्कै राम्रो नियत होइन् । कथित उपभोक्ता समिति बनाएर सडक पूर्वाधार विकासका नाममा स्थानीय कृषकको एउटा सकारात्मक प्रयास र मेहनतलाई रोक्न पाइदैन । नगरपालिकाले बजेटको शिर्षक, सडक सर्बे भए नभएको, प्राविधिक रिपोर्ट के छ, सरोकारवाला र स्थानीयसँग परामर्श भए नभएको सबै अनुसन्धान गरेर यो बिवादलाई किनारा लगाउनुपर्छ । विकास सकारात्मक छ, तर नियोजित बिनासतर्फको खेल रोकिनुपर्छ ।
तस्विर : गोबिन्द बोहोरा (ब्रमाण्ड)को फेसबुकबाट
क्याटेगोरी : कृषी / उद्यम, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्