Techie IT
Mission Khabar

संघीय संसद्को हिउँदे अधिवेशन आजबाट, कर्मचारी समायोजन अध्यादेश लगायतका कानुन पेश गर्ने कार्यसूची


काठमाडौं–संघीय संसद्को हिउँदे अधिवेशन बुधबारबाट शुरु हुँदैछ । संसद सचिवालयले आवश्यक तयारी पुरा गरेको छ भने प्रतिनिधिसभा, कार्यव्यवस्था परामर्श समितिले हिउँदे अधिवेशनको पहिलो दिन बस्ने प्रतिनीधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको सम्भावित कार्यसूची तय गरेको छ ।

दिउँसो ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख कृष्णबहादुर महराले पढेर सुनाउने, अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुले मन्तव्य राख्ने छन् । प्रतिनिधिसभाको आजकै दोस्रो बैठकमा पूर्वसांसद चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक प्रस्ताव प्रस्तुत गरी पारित गरिने सम्भावित कार्यसूची तय गरिएको छ । कर्मचारी समायोजन अध्यादेश पनि आजै प्रस्तुत हुने बताइएको छ ।

यस्तै, बैठकमा यसअघि पेश भएका विभिन्न अध्यादेश र कानुनले पनि प्रवेश पाउने छन् । हिउँदे अधिवेशन विशेषगरी संविधानसँग बाझिएका कानुन खारेजी, आवश्यक कानुन निर्माणमा केन्द्रित हुने बताइएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्