Techie IT
Mission Khabar

वियोगान्त पीडा र अभावबाट जन्मिएको एउटा प्रतिभा, नेपाल आइडल रवि ओडलाई मातृशोक


कैलाली–नेपाल आइडल रवि ओडलाई मातृशोक परेको छ । चारदिनअघि नेपाल आइडलको दोस्रो संस्करणका विजेता बनेका रविकी आमाको करेन्ट लागेर निधन भएको हो ।

बुधबार बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी उनकी आमा ४५ वर्षीया विष्णा ओडको अस्पताल लैजादैगर्दा बाटोमा निधन भएको बताइएको छ । सेती अञ्चल अस्पताल पुर्याएपछि मृत घोषित भएकी उनको बाटोमै निधन भएको अस्पतालले जानकारी दिएको थियो । सम्मान तथा अभिनन्दन समारोहका विभिन्न कार्यक्रमका कारण कञ्चनपुरमा व्यस्त रहेका रवी विजेता भएपछि घर जान पाएका थिएनन् । जन्मदिने आमा यसअघि नै गुमाएका ओड आफूलाई कर्म दिने र हुर्काउने आमाबाट पनि अब सधैका लागि टाढिएका छन् ।

विजेताको खुशी साट्न नपाउँदै परिवारमा दुःखद घटना भएपछि रवीओड सबै पूर्वनिर्धारित कार्यक्रम छाडेर कैलालीस्थित घर पुगेका छन् । उनी विजयी भएपछि क्षेत्रियताको जित भएको भन्दै टिकाटिप्पणी भएपनि ओडको जीवन काहानी भने निक्कै वियोगान्त छ । उनी अभाव र विगोबाट तिखारिएका एउटा प्रतिभा हुन् । उनको दुखद पक्षलाई मात्रै होइन् । उनीसँगको प्रतिभाले थप निखार पाउने विश्वासले आइडल बनाएको हो ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्