Techie IT
Mission Khabar

बर्षेनी मोवाइलमै गुम्छ नेपालीको साँढे ७६ अर्ब, प्रतिव्यक्ति मासिक औषतमा २ सय ४१ खर्च


काठमाडौं– महंगीको मार खेपिरहेका नेपालीहरु सुविधाका नाममा अर्को भार ब्यहोरिरहेका छन् । दुर सञ्चार प्राधिकरणको पछिल्लो एक अध्ययनले एक नेपालीले मोबाइल तथा टेलिफोनमा औसत मासिक २४१ रुपैयाँ खर्च गर्ने गरेको देखाएको छ ।

अघिल्लो आर्थिक वर्षमा मोबाइल तथा टेलिफोनमा कुराकानी गर्दा र इन्टरनेट चलाउदा नेपालीले गरेको कूल खर्चका आधारमा यो तथ्यांक निकालिएको हो । मोवाइलमा भएको खर्चलाई नेपालको कूल जनसंख्यासँग भागा गरेर औसत खर्च निकालिएको छ । यो अध्ययन अनुसार औसतमा टेलिफोनमा कुराकानी गर्नमात्रै एक नेपालीले मासिक १ सय ७७ रुपैयाँ खर्च गरिरहेको देखिन्छ । नेपाल टेलिकम र एनसेलले दूरसञ्चार प्राधिकरणमा बुझाएको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष मोबाइल तथा टेलिफोन सेवामा कूल ७६ अर्ब ६३ करोड ८ लाख रुपैयाँ खर्च भएको छ ।

सहज पँहुच र सुविधाका नाममा प्रयोग भैरहेको मोवाइल र इन्टरनेटले खर्च मात्रै बढाको छैन जोखिम भार पनि बढाइरहेको छ । सामाजिक सञ्जाल र फोनको सहजताले केहीको घारबार जोडिदा थुप्रैका भत्किएका पनि छन् । सुविधा सहजताका लागि हो बिकृत सोच र मानसिकता रोक्ने बारे राज्यसँगै व्यक्ति स्वयम पनि सचेत बन्नुपर्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्