Techie IT
Mission Khabar

व्यवसायी सुमार्गीलाई राहत, राष्ट्र बैंकले श्रोत नखुलेको भन्दै रोक्का राखेको ८४ करोड निकाल्ने बाटो खुल्यो


काठमाडौं– व्यवसायी अजेयराज सुमार्गीको स्रोत नखुलेको भन्दै राष्ट्र बैंकले रोक्का राखेको करिब ८४ करोड रकम निकाल्ने बाटो खुलेको छ । व्यवसायी सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी नरोक्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै रकम निकाल्ने बाटो खुलेको हो ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको यो आदेशपछि सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) फुकुवा हुने भएको छ । मंगलबार जारी गरेको आदेशमा भनिएको छ– उद्योगको खातामा रहेको रकम उसको आवश्यकता र समयतालिका बमोजिम माग गरेका बखत भुक्तानी दिनू, दिलाउनु र सोसम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नु नगराउनू’ ।

यो फैललालाई केहीले पैसा र शक्तिको प्रभाव भनिरहँदा धेरैले भने बैदेशिक लगानीको सहजताका रुपमा लिएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्