Techie IT
Mission Khabar

अहिलेसम्म सुरु नै हुन सकेन पाठ्यपुस्तक छपाईको काम, अभाव यथावत रहने शंकेत


काठमाडौं–आगामी शैक्षिक सत्रमा पनि देशभर पाठ्यपुस्तक अभाव दोहोरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले निजी प्रकाशकलाई समयमै पाठ्यपुस्तक छपाइको जिम्म नदिदा विगत जस्तै अभावले निरन्तरता पाउने सम्भावना बढेको हो ।

केन्द्रले पुस २ गते मात्र सूचना प्रकाशित गरेर पुस्तक छपाइका लागि सूचीकृत हुन आग्रह गरेको छ । १५ दिने सूचना जारी गरे अनुसारको प्रक्रिया पूरा गर्न नै लगभग एक महिना समय लाग्नेछ । गतवर्ष पुस १५ गतेदेखि पाठ्यपुस्तक छपाइ नै सुरु गर्दा त अभाव टार्न सकिएको थिएन् । अहिलेसम्म निजी प्रकाशकहरू प्रक्रिया पूरा गर्नमै व्यस्त रहनुले छपाइको काम ढिलाई हुने देखिन्छ । ढिला गरेर छपाइको काम दिने अवस्थामा सुधार नआउँदासम्म पाठ्यपुस्तकको अभाव र समस्या दोहोरिरहने छपाईकर्ताहरु नै बताउँछन् ।

फागुन १ गतेदेखि शैक्षिक सत्र शुरू हुने भएकाले ५ वटा हिमाली जिल्लामा समयमै पाठ्यपुस्तक पुग्ने सम्भावना निक्कै कम छ । शिक्षण सिकाईको गुणस्तर सुधार गर्दै विद्यार्थीको हातमा समयमै पाठ्यपुस्तक पुर्याउने दायीत्वबाट राज्य कतिन्जेलसम्म पन्छिरहने ? कि युवाहरुको भविश्य र देशको भविश्यको चिन्ता र चासो गर्ने फुर्सद सरकारलाई छैन ?


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्